Comments Add Comment

टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

१२ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।

टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन् । एलेक्स लेन नम्बर ६ मा छन् ।

एलेक्सको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रहेको छ ।

१०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानधारी एलेक्सको टोकियो ओलम्पिकमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्ने लक्ष्य राखेका छन् ।

एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक शुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

ओलम्पिकमा दुवै खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कील बताए । गौरिकाले बुधबार महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

एलेक्स ओलम्पिक इन्ट्री टाइमिङ ५६.२८ रहेको छ । यस इभेन्टमा ब्राजिलका सेजार सेइलोले ४६.९१ सेकेण्डको विश्व कीर्तिमान बनाएका छन् ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा कुल ७२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट १६ पौडीबाट सेमिफाइनलमा पुग्नेछन् ।

यस इभेन्टको हिट चरणका खेलहरु आज हुनेछ । हिटमा उत्कृष्ट भएका खेलाडीहरु जुलाई २८ मा हुने सेमिफाइनलमा छनोट हुनेछ । फाइनल जुलाई २९ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment