Comments Add Comment

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ ।

सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कलहरु प्राप्त भएका छन । त्यसलाई अध्ययन गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल सुरु गरिएको छ ।’

ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ । ‘सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौं । अहिले पनि विपक्षमा बस्छौं ।’ नेता कर्णले सञ्चारकर्मीमाझ स्पष्ट पारे, ‘सरकारमा हामी सहभागी हुन गईरहेका छैनौं ।’

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदै आएको छ । सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment