Comments Add Comment

पाडाजुगी-उर्लाबारी प्रसारणलाइन निर्माणमा अवरोध

१२ साउन, काठमाडौं । झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको पाडाजुगी-उर्लाबारी प्रसारण लाइन ३३ केभी प्रसारण लाइन निर्माणमा अवरोध भएको छ । अन्तर्गत उर्लाबारी नगरपालिका वडा नं ८ स्थित अठियाबारीका बासिन्दाले अहिले वत्ति बाल्नका लागि लाइन हुँदा हुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् ।

पाडाजुगी-उर्लाबारी प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३ सय मिटर लाइन तान्न सकिएको छैन । यसले उर्लाबारीमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याई विद्युत आपूर्ति हुन सकेको छैन ।

नगर प्रमुख, उपप्रमुख, आन्दोलनकारीलगायतका सरोकारबालासँगको केही दिनअघि छलफल गरी निर्माण सुरु गर्ने विषयमा सहमति भएको थियो । तर, केही व्यक्तिले असहमति जनाउँदै निर्माणमा पुन : अवरोध गरेका हुन् ।

मोरङको उर्लाबारी, रतुवामाई पथरी शनिश्चरे नगरपालिका क्षेत्रका बासिन्दाले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो ।

एसियाली विकास बैकको ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तार अन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि  त्यस भेगका करिब ३ लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत उपभोग गर्न पाउने छन् ।

हाल उक्त स्थानमा झापाको दमकबाट २ वटा ११ कभी फिडर लाइनमार्फत विद्युत आपूर्ति गरिएको छ । लाइनको लम्बाइ अत्याधिक भएकोले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको छ भने फिडर लाइनको ओभरलोड र टि्रपिङको समस्या अत्याधिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment