Comments Add Comment

लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई महिला सिरहाबाट पक्राउ

१२ साउन, जनकपुरधाम । लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना महिलालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ का ५५ वर्षीया किसतावरी सदा र ४५ वर्षीया सम्पो सदालाई उनीहरुकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेनदेन मुद्दामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले उनीहरुलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । पक्राउ परेको दुवै महिलालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment