+
+
Shares

अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते ७:३३

१३ साउन, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत आएका छन् । भ्रमणको क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने छन् ।

ब्लिंकेन भ्रमणमा गएकै दिन अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका इन्डो–प्यासेफिक क्षेत्रलाई शान्ति, स्थीरता, समृद्धियुक्त क्षेत्र बनाइराख्न भइरहेका प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार एवम् विश्वकै शक्तिका रुपमा आउने कुरामा समर्थन गर्दछ ।’

विज्ञप्तिमा दुई देशबीचको बढ्दो सैन्य सहयोगबारे पनि उल्लेख छ । अमेरिका र भारतबीच सैन्य सहयोग नयाँ उचाइमा पुग्दैछ । यसमा सूचना आदानप्रदान गर्नेदेखि लिएर लायजन अफिसर, मालाबार जस्ता जटिल अभ्यास र सिक्योर कम्युनिकेसन एग्रिमेन्ट जस्ता विशेष सम्झौता सामेल छन् । सन् २०२० सम्ममा अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा २० अर्ब अमेरिकी डलरसम्म खरिद गर्न सक्ने अनुमति दिइसकेको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?