Comments Add Comment

के पलले उपाधि लिन हतार गरेका हुन् ?

नेपाली चलचित्रका कलाकारलाई विभिन्न संघ–संस्थादेखि मिडियाकर्मीले विभिन्न उपाधि दिने गरेका छन् । ती उपाधीहरु कलाकारले पनि सहजै स्विकार गर्ने गरेका छन् । यसरी, उपाधि ग्रहण गर्दा कलाकार बेलाबखत आलोचित पनि भएको पाइन्छ । कलाकारले दर्शकको मन जित्ने हो, उपाधी लिनका लागि हतार गर्नु हुदैन भन्ने खालका टिप्पणी पनि हुने गर्छन् ।

केही समय अगाडि नायक पल शाहलाई टेलिभिजन कार्यक्रम ‘रजतपट’को टिमले ‘रियल हिरो’को उपाधि दियो । पलले पनि यो उपाधि सहजै ग्रहण गरे ।

कतिपयले पलले उपाधि लिनका लागि हतार गरेको भनेर पनि आलोचना गरे । तर, नायक पल शाहले भने आफूले उपाधि पाउँछु भनेर काम नगरेको बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा पलले भने–‘मैले अवार्ड पाउनुपर्छ भनेर काम गरेको नै होइन । मैले नगरे कसले गर्छ भन्ने भावनाले काम गरेको हुँ । तर, कसैले सम्मान दिएपछि ग्रहण गर्नुपर्छ भनेर लिएको हुँ ।’

पलले, चलचित्र क्षेत्रमै काम गरिरहेका दिग्गज व्यक्तिहरुको टिमले उपाधि दिदा आफूले त्यसलाई माया संझेर लिएको बताए । भने–‘सम्मान मागेर पाउने कुरा नै होइन । मलाई कसैले दिएको सम्मान लिन्नँ भनेर भन्नु हुँदैन । कसैले वुझेर दिएको सम्मान मैले ग्रहण गरेको हुँ ।’

नायक शाहले पहिलो चरणको लकडाउनपछि नै कोरोना प्रभावितहरुका लागि निरन्तर काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment