+

ओलम्पिकमा चारपटक स्वर्ण जितिसकेकी सिमोन बाइल्सले अल अराउण्ड फाइनल नखेल्ने

२०७८ साउन  १३ गते १५:३० २०७८ साउन १३ गते १५:३०
ओलम्पिकमा चारपटक स्वर्ण जितिसकेकी सिमोन बाइल्सले अल अराउण्ड फाइनल नखेल्ने

१३ साउन, काठमाडौं । ओलम्पिकमा चारपटक स्वर्ण पदक जितिसकेकी अमेरिकी जिमन्यास्ट सिमोन बाइल्सले आगामी बिहीबारको अल अराउण्ड फाइनल नखेल्ने भएकी छिन् । उनले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गर्नका लागि फाइनल नखेल्ने निर्णय गरेको उनले बताएकी छन् ।

अमेरिकाको ओलम्पिक टोलीका प्रमुख र उनका साथीहरुले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने उनको निर्णयको प्रशंसा गरेका छन् । बाइल्सले आफू यो प्रतिस्पर्धाको लागि अहिले तयार नरहेको भन्दै फाइनल नखेल्ने निर्णय गरेकी हुन् । उनले मंगलबारको वुमन्स टिमको फाइनल पनि नखेल्ने निर्णय गरेकी छन् ।

टोकियोमा जारी ओलम्पिकमा बाइल्स व्यक्तिगत तर्फको पाँचै विधाको फाइनलमा पुगेकी छन् । यद्यपि उनले अन्य चार फाइनल खेल्ने सम्भावना भने कायम राखेकी छन् । उनले अर्को सातापछि खेलमा फर्किन सक्ने बताएकी छन् ।

छनोटमा नवौं स्थानमा रहेकी जेड क्यारेले अल अराउण्ड फाइनलमा बाइल्सको स्थान लिनेछिन् । यसअघि जेड क्यारे एकै फाइनलमा एउटै मुलुकमा दुईभन्दा धेरै खेलाडी छानिन नसक्ने भएकाले छनोट हुन सकेकी थिइनन् ।

एजेन्सीहरुको सहयोगमा

टोकियो ओलम्पिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय