+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सिप्रदी र शिखर इन्स्योरेन्स बीच अटो प्लसमा सम्झौता, के-के छन् सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १३:०९

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स कम्पनी बीच अटो प्लसमा सम्झौता भएको छ । एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस अटो प्लस सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ । साथै यो स्किम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागु हुनेछ ।

जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३,००० र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर १,५०० परिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदाहरु रहेको सिप्रदीले जनाएको छ ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदीको आफुलाई पायक पर्ने नेपालभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?