+
+
Shares

एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १७:४१

१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे ।

‘यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन गर्न भन्दै निवेदन दिनुभएको छ । आज प्रशिक्षकले पनि उपाध्यक्ष र पत्रकारमाथि छानविन गर्न निवेदन दिनुभएको छ’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘भोलि कार्यसमितिको आपतकालीन मिटिङमा यस विषयमा छलफल हुन्छ ।’

उपाध्यक्ष नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको भन्दै प्रशिक्षक अलमुताइरीले केही दिनअघि फ्यानलाई सम्बोधन गर्दै सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका थिए । उनी राजीनामा दिन एन्फा गएपनि आधिकारिक रुपमा राजीनामा पत्र भने बुझाएका छैनन् । त्यसपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि गएका छैनन् ।

त्यसअघि एक खेलकुद अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा चुरोट खाएको विषयमा प्रश्न गर्दा प्रशिक्षकबाट राम्रो व्यवहार नभएको भन्दै पत्रकारले समेत एन्फामा छानविन गर्न पत्र बुझाइसकेका छन् ।

प्रशिक्षकको राजीनामा प्रकरणले अहिले नेपाली फुटबल तरंगित बनेको छ । यही विषय र साफ च्याम्पियनसिप आयोजनाको विषयमा छलफल गर्ने भोलि ४ बजे एन्फाको आपतकालीन बैठक बोलाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?