बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ ।
शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन् । उनले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी हुन् । शिल्पाले गुगल, फेसबुक, युटुब र इन्स्टाग्रामको विरुद्धमा मुद्दा दर्ता गराएकी हुन् । साथै, उनले आफ्नो मानहानी गर्ने सबै बिषयवस्तु हटाउन समेत माग गरेकी छिन् ।
राज कुन्द्रा पक्राउ परेपछि विभिन्न मिडियामा शिल्पाको नाम समेत प्रयोग गरिएको छ । विशेषगरि, यो बिषयमा शिल्पालाई पहिले नै थाहा भएको आरोप समेत मिडियाले लगाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4