Comments Add Comment

चीनमा वुहानपछिकै ठूलो संख्यामा फैलियो कोरोना संक्रमण

१५ साउन, काठमाडौं । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण सबैभन्दा पहिला वुहान सहरमा फैलिएको संक्रमणयताकै ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन् ।

जुलाई २० मा चीनको नन्जिङ सहरको विमानस्थलमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दुई सय जनामा कोरोना संक्रमण देखिइसकेको छ । नान्जिङबाट आउने सबै उडानहरु अगष्ट ११ सम्मको लागि रद्द गरिएको ग्लोबल टाइम्सले बताएको छ ।

अहिले नान्जिङ सहरमा संक्रमण रोक्न नसकेको भन्दै आलोचना भएसँगै सहरमा परीक्षण व्यापक बनाइएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त सहरका ९३ लाख मानिसको कोरोना परीक्षण गरिने भएको छ । यो सहरमा भ्रमणको लागि आएका मानिसको पनि कोरोना परीक्षण गरिनेछ ।

अधिकारीहरुका अनुसार अहिले फैलिएको संक्रमणको प्रमुख कारण डेल्टा भेरियन्ट हो । विमानस्थलमा मानिसको अत्यधिक भिडभाडको कारण कोरोना संक्रमण बढेको अधिकारीहरुले बताएका छन् ।

चीनमा नयाँ संक्रमण फैलिएसँगै सामाजिक सञ्जालमा मानिसहरुले चिनियाँ कोरोना खोपमाथि आशंका व्यक्त गरेका छन् । तर, पछिल्लो समय भेटिएका कोरोना संक्रमितले खोप लगाएका थिए वा थिएनन् भन्ने खुलेको छैन ।

चीनले आफ्नो मुलुकमा विभिन्न योजना प्रयोग गर्दै संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment