Comments Add Comment

महामारीमा खटिने फ्रन्टलाइनरलाई बारबरा फाउण्डेशनले सम्‍मान गर्ने

१५ साउन, काठमाडौं । बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड -१९ विशेष सम्मान प्रदान गर्ने भएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगी र संस्थाहरुलाई शनिबार (भोलि) सम्‍मान गर्न लागेको फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्था छन् ।

यस्तै फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गर्ने जनाएको छ भने २७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

यस्तै व्यवस्थापन तथा सार्वजनिक नीति विधाअन्तर्गत १९ जना व्यवस्थापकहरुलाई सम्मान गर्ने फाउण्डेशनले जनाएको छ । साथै सोही विधा विधातर्फ तीनजनाले सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ नगद पनि प्राप्त गर्ने फाउण्डेशनले जनाएको छ ।

यसका साथै ल्याब–प्यारा मेडिकललगायत विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान गर्ने ९ जना मेडिकल सर्पोट कर्मचारीलाई जनही १ लाख रुपैयाँले सम्मान गरिँदैछ भने फ्रन्टलाईनमा सक्रिय पाँचजना स्वास्थ सहयोगी कर्मचारीलाई जनही नगद १ लाख रुपैयाँले सम्मान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment