+
+

पानी राख्ने प्लाष्टिकको ट्यांकीभित्र गाँजा, एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १९:४८

१ भदौ, जनकपुरधाम । जनकपुरबाट प्रहरीले पानी राख्ने प्लाष्टिकको टयांकीभित्रबाट लागूऔषध गाँजा बरामद गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित मुरली चोकबाट बा ५ च १४० नम्बरको पिकअप गाडीमा रहेको प्लाष्टिकको टयांकीभित्रबाट १ क्वीन्टल २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ सिरान चोक बस्ने ३२ वर्षीय बीरबहादुर ब्लोन रहेका छन् ।

५ सय लिटर पानी अट्ने प्लाष्टिकको ट्यांकीभित्र १० वटा पोकामा गाँजा राखिएको पाइएको धनुषाका प्रहरी प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?