+
+

गाँजाको केक बेचेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १४:१४

२२ पुस, काठमाडौं । लागु औषध गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।

विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले  उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल  १७८ ग्राम,  गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?