+
+

४५ किलो गाँजासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ११:३७

१९ पुस, विराटनगर । प्रहरीले विराटनगरमा लुकाएर राखेको ४५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १८ को सीमावर्ती क्षेत्रको खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो । सो गाँजा राखेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले भारत कटाउनका लागि भण्डारण गरेको गाँजासहित यादवलाई पक्राउ गरेको जानकारी दिए ।

विराटनगर -१८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट गाँजा बरामद भएको हो । प्लाष्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको थियो । लगत्तै यादव पक्राउ परेका हुन् ।

बरामद भएको गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले यादव भरिया भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?