+
+

अचार भनेर गाँजा लैजान लाग्दा विमानस्थलबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते २०:२४
गाँजाको प्रतिनिधिमूलक तस्वीर ।

९ फागुन, काठमाडौं । अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए ।

उनका अनुसार, नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका मण्डलको नियमित जाँच गर्ने क्रममा शंका लागेपछि थप सोधपुछ गरिएको थियो ।

‘भित्र केक जस्तो देखिएपछि जाँच गर्दा गाँजा भएको पुष्टि भयो’, एसएसपी शर्माले भने, ‘त्यसक्रममा गाजा पालेर पकाएको वस्तुलाई अचारको सीसीभित्र हालेको भेटिएको छ ।’

प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?