
फाइल तस्वीर
१ भदौ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले पार्टी एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका छन् ।
नेता विष्टले माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत नेता विष्टले पार्टी विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको भन्दै एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका हुन् ।
हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव हुने उनको भनाइ छ ।
नेता विष्टले लेखेका छन्, ‘हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधरण भूमिका जरुरी पर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4