+
+
Shares

त्रिविको सम्बन्धन पाएका २५ क्याम्पस अरु विश्वविद्यालयमा गाभिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:१९

२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेका २५ सामुदायिक क्याम्पस अरु विश्वविद्यालय मातहतमा पुगेका छन् ।

१५ वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १० क्याम्पस मध्यपश्चिमाञ्चल विश्विद्यालयको आंगिक क्याम्पस बनेका छन् ।

अन्य विश्वविद्यालयमा गाभिएपछि २५ वटै क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको त्रिवि योजना निर्देशनालयले जनाएको छ । निर्देशनालय प्रमुख डा.ऋदिष पोख्रेलले त्रिविको सम्बन्धन लिएर सञ्चालन भइरहेका सामुदायिक क्याम्पसहरु अन्य विश्वविद्यालयमा आंगिक भएर जाने भनेपछि सम्बन्धन खारेज गरिएको बताए ।

निर्देशनालयका अनुसार यसरी सम्बन्धन खारेज भएका क्याम्पसहरुमा बाजुरा क्याम्पस, दार्चुला बहुमुखी, बैतडीको पाटन बहुमुखी क्याम्पस, बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पस, बैतडीकै मनिलेख क्याम्पस, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पस, बाजुराको बडिमालिका क्याम्पस छन् ।

सम्बन्धन खारेज हुने अन्य क्याम्पसमा जाजरकोटको ज्ञानोदय क्याम्पस, रोल्पाको जलजला क्याम्पस, रुकुमको मुसीकोट खलङ्गा क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, बाँके कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस, बर्दिया गुलरियाको बबई बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस र विद्यापुर जनता बहुमुखी क्याम्पस, कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पस, मुगुको रारा बहुमुखी क्याम्पस रहेका छन् ।

यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रिवेणी बहुमुखी क्याम्पस डडेलधुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको पनि सम्बन्धन खारेज भएको छ ।

अब त्रिविमा १ हजार ६१ क्याम्पस मात्र रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?