+
+

बैंकहरूले घटाए निष्क्रिय कर्जा, कुन बैंकको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १७:३५

३ भदौ, काठमाडौं । कोरोना महामारीकाबीच पनि बैंकहरुले निष्क्रिय कर्जा घटाउन सफल भएका छन् । गत आर्थिक वर्ष २०७७-७८ मा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा औसतमा १ दशमलव ३६ मा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष यी बैंकहरुको निष्क्रिय कर्जा १ दशमलव ७३ प्रतिशत रहेको थियो । कोरोना महामारीका कारण उद्योग व्यवसायहरु लामो समय सञ्चालनमा हुन सकेनन् । व्यापार व्यवसाय ठप्प हुँदा नयाँ ऋण लगानी कम हुने र लगानी भएका ऋणहरु समयमा नउठ्ने अनुमान गरिएको थियो ।

राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेका उद्योग व्यवसायहरुलाई ऋण तिर्ने समय पुस मसान्तसम्म सार्न सकिने व्यवस्था गरेको छ । साथै कोभिड प्रभावित ऋणीलाई आगामी असार मसान्तसम्म तिर्दा हर्जना नलिन समेत राष्ट्र बैंकले भनेको छ । यसले उद्योगी व्यवसायीहरुले सहुलियत पाएका छन् ।

बैंकहरुको निस्कृय कर्जा घट्ने मात्रै होइन मुनाफामा पनि निकै राम्रो प्रगति गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मुनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए । कोरोना महामारीकाबीच पनि अधिकांश बैंकहरुको मुनाफामा राम्रो वृद्धि देखिएको छ । अधिकांश बैंकहरुको मुनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मुनाफामा गिरावट आएको छ ।

गत वर्षको मुनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिलले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मुनाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आईएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको मुनाफा २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँबाट बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम एभरेष्टको, वाणिज्यले पनि सुधार्‍यो

सबैभन्दा कम निष्क्रिय कर्जा हुनेमा एभरेष्ट बैंक पहिलो नम्बरमा देखिएको छ । गत आर्थिक वर्षमा एभरेष्टको निस्कृय कर्जा घटेर ०.१२ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकको ०.२२ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा सानिमा बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ ।

सानिमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.४५ प्रतिशतबाट घटेर ०.१६ प्रतिशतमा झरेको छ । तेस्रो नम्बरमा देखिएको नेपाल एसबीआईको निस्कृय कर्जा अनुपात भने घटबढ भएको छैन । अघिल्लो आर्थिक वर्ष ०.२३ प्रतिशत रहेकोमा गत वर्ष पनि यतिनै देखिएको बैंकर्स संघले बताएको छ ।

हेर्नुस् कुन बैंकको कति छ निष्क्रिय कर्जा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?