+
+

निराजन महर्जन थ्री स्टारमै रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १२:०९
Photo Credit : Three Star Club

४ भदौ, काठमाडौं । युवा डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् ।

महर्जनले शुक्रबार ललितपुरे क्लब थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका छन् । निराजनले सम्झौता नवीकरण गरेको थ्री स्टारले शुक्रबार सामाजिक संजालमार्फत जनाएको छ ।

आगामी कात्तिक २९ गतदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो ।

निराजनले नेपालको यू १२, यू १४,यू १८ र यू १९ राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । यस्तै निराजनले सन् २०१८ मा थ्री स्टारको यू-१८ टिमको कप्तानी गरेका थिए ।

थ्री स्टारले यसअघि नै कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ र निशान खड्का, मिडफिल्डर सन्जोग राई, मनाग्य नकर्मीसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

यस्तै राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुश घलानलाई पनि क्लब भित्र्याएको छ । सउथै मिडफिल्डर डोना थापा र क्यामरुनी डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई पनि अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?