
४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग (यूएनएचसीआर)ले अफगानिस्तानसँगको सीमा खोल्न उसका छिमेकी मुलुकलाई आग्रह गरेको छ ।
अहिले अधिकांश अफगानी नागरिकहरु आफ्नो घर फर्किन नसकेको र उनीहरुले अन्यत्र जाने बाटो नपाएको यूएचएचसीआरले बताएको छ ।
यूएनएचसीआरका प्रवक्ताले छिमेकी मुलुकलाई सीमा खुला गर्दै अफगानी नागरिकलाई शरण दिन आग्रह गरेका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै अहिले धेरै अफगानी उद्धारको पर्खाइमा छन् ।
अमेरिकाले अहिलेसम्म अफगानिस्तानबाट ९ हजार मानिसहरु उद्धार गरेको बताएको छ । यसअघि नेटोका अधिकारीले अफगानिस्तानबाट १८ हजार मानिसहरु उद्धार गरेको बताएका थिए ।
तालिबानले अफगानिस्तानका मानिसहरुलाई कुनै किसिमको दुःख नदिने भन्दै आश्वस्त गराउने प्रयास गरे पनि मानिसहरु भने ढुक्क हुन सकेका छैनन् ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4