+
+

उन्‍नत बीउ बिजन कार्यक्रमको ब्याज अनुदानमा ठगिए किसान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १९:३७

४ भदौ, काठमाडौं । किसानका लागि सरकारले अघि सारेको उन्नत बीउ बिजन कार्यक्रमको ब्याज अनुदानमा किसान ठगिएको पाइएको छ ।

उक्त कार्यक्रममका लागि सरकारले पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने नीति लिए पनि किसानहरु भने ९ प्रतिशत ब्याज तिर्न बाध्य भएको महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले खुलासा गरेको छ ।

उक्त प्रयोजनका लागि आर्थिक वर्ष ७५-७६ मा साना किसान विकास बैङ्क लिमिटेडसंग ८० करोडको रुपैयाँ कर्जाको सम्झौता भएकोमा त्यसमा सरकारले १.५ प्रतिशत ब्याजदर दिने तथा सोही रकमको ३.५ प्रतिशत व्याजदरमा सहकारी संस्थालाई क्रण उपलव्ध गराउनु पर्नेमा सो नभएको प्रतिवेदनमा उल्लेख छ ।

बाँके र सुर्खेतका ३ वित्तीय संस्थाले सो वर्ष ७७ साना किसान कृषि सहकारी संस्थालाई १ अर्ब ३७ करोड ७६ लाख क्रण प्रवाह गरेकोमा नीति अनुसार ५ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने भनिए पनि कृषकले ९ प्रतिशत व्याज तिर्नुपर्ने अवस्था देखिएको प्रतिवेदनमा औंल्याइएको छ ।

किसान सहुलियतका लागि कृषक मैत्री व्याज नीतिको अवलम्वन गर्नु पर्नेमा किसान अतिरिक्त ४ प्रतिशत ब्याजको भारमा परेकोमा महालेखाले त्यसलाई सच्याउन पर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?