+
+

नर्विचको पोष्टमा म्यानचेष्टर सिटीको ५ गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते ७:२७

६ भदौ, काठमाडौं । साविक विजता म्यानचेष्टर सिटीले नर्विच सिटीलाई ५-० ले पराजित गर्दै प्रिमियर लिगमा पहिलो जित हात पारेको छ । पहिलो खेलमै टोटनहमम हट्सपरसँग पराजित भएको सिटीले दोस्रो खेलमा भने पुनरागमन गर्दै शानदार जित हासिल गरेको हो ।

घरेलु मैदान एतिहाड स्टेडियममा शनिवार भएको खेलमा सिटीका लागि चार फरक खेलाडीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको सातौं मिनेटमै नर्विचका गोलकिपर टिम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । १५औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि भिएआरले मान्यता नदिँदा सिटीले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

तर २२औं मिनेटमा ज्याक ग्रिलिसले सिटीका लागि डेब्यु गर्दै अग्रता दोब्बर पारे । उनले गाब्रीएल जेससको पासमा गोल गरे ।

दोस्रो हाफमा सिटीले तीन गोल थप्यो । ६४औं मिनेटमा एमरिक लापोर्टले सिटीका लागि तेस्रो गोल गरे । ७१औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहिम स्टर्लिङले गोल गरे । उनले पनि जेससकै पासमा गोल गरे ।

यस्तै वैकल्पिक खेलाडीकै रुपमा मैदान प्रवेश गरेका रियाद महारेजले ८४औं मिनेटमा रुबेन डियाजको पासमा गोल गरेपछि सिटीले ५-० को फराकिलो जित हात पारेको हो ।

पहिलो जितपछि सिटले २ खेलबाट ३ अंक जोडेको छ । नर्विचको भने यो लगातार दोस्रो हार हो ।

लिग अन्तर्गत शनिबारै भएको अन्य खेलमा एस्टन भिल्लाले न्यूकासल युनाइटेडलाई २-० ले हरायो । लिड्स यनुाइटेड र एभरटनले २-२ को बराबरी खेल्दा क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?