+
+

एक जना पत्रकार : जो २० पटक गिरफ्तार भए, मुलुकको राष्ट्रपति बने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते ९:०५

२० पटक पक्राउ परेका पत्रकार मुलुककै राष्ट्रपति बन्न सक्दारहेछन् । द आइल्याण्ड प्रेसिडेन्टको नामले परिचित मोहम्मद नाशीद सायद दुनियाँको पहिलो यस्तो व्यक्ति थिए जो पत्रकारको रुपमा पटक पटक पक्राउ परेसँगै देशकै राष्ट्रपति बने ।

मोहम्मद नाशीद माल्दिभ्सका पूर्व राष्ट्रपति हुन् । उनी सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सको राष्ट्रपति बनेका थिए । उनलाई मुलुकको पहिलो लोकतान्त्रिक निर्वाचित राष्ट्रपति पनि मानिन्छ । तर विडम्बना सत्तापलट सँगै उनलाई सन् २०१६ मा उनलाई देश निकाला गरियो । उनीमाथि आतंकवादमा सामेल भएको आरोप लगाइएको छ ।

बेलायतबाट उच्च शिक्षा हासिल गरेका नाशीद सन् १९९० मा माल्दिभ्स फर्किएर साँगु नामक पत्रिकाको सहायक सम्पादक बनेका थिए । उक्त पत्रिकाले तत्कालीन राष्ट्रपति मौमुन अब्दुल गैयूमको आलोचना गर्दथ्यो । केही समयपछि उक्त पत्रिका प्रतिबन्धित भयो र नाशीदलाई नजरबन्दको सजायँ भयो । तर पछि उनलाई जेलमा थुनियो १८ महीनासम्म ।

सन् १९९२ मा नाशीदलाई ३ वर्षको जेल सजाय सुनाइयो, तर सन् १९९३ मा उनी रिहा भयो । त्यसपछि सन् १९९४ मा नाशीदले एक स्वतन्त्र राजनीतिक दल खोल्नका लागि सरकारसँग अनुरोध गरे । तर सरकारले उनको अनुरोध अस्वीकार गर्‍यो । त्यसपछि सन् १९९६ मा उनीमाथि ६ महिनाको जेल सजाय सुनाइयो । सन् १९९३ देखि १९९४ सम्म माल्दिभ्सको चुनावका बारेमा फिलिपिन्सको एक पत्रिकामा लेख लेखेको आरोप उनीमाथि लगाइयो ।

जेलमुक्त भएसँगै नाशीद २ वर्षसम्म राजनीतिमा आउन मेहेनत गरे । अन्ततः सन् १९९९ मा उनी पिपुल्स मजलिस पार्टीको तर्फबाट माल्दिभ्सको सांसदमा निर्वाचित भए । तर उनको खुसी धेरैबेर टिकेन । सन् २००१ मा उनी पुनः गिरफ्तार भए र कुनै टाढाको टापुमा अढाइ वर्षको निर्वासनको सजायँ सुनाइयो । सन् २००२ मा उनलाई ६ महीनासम्म संसदमा नगएको भन्दै पार्टीबाट पनि निस्कासन गरियो । तर ६ महीनापछि सरकारले उनको निर्वासन फुकुवा गर्‍यो ।

सन् २००३ को सेप्टेम्बरमा माल्दिभ्सको राजधानी मालेमा दंगा भडि्कयो । त्यसपछि नाशीद माल्दिभ्स छाडेर श्रीलंका गए । उनी झण्डै डेढ वर्षसम्म श्रृलंकामा बसेर सन् २००५ मा माल्दिभ्स फर्किए । संयोगवस त्यहीँ वर्ष जुन महीनामा माल्दिभ्स सरकारले राजनीतिक दलहरुलाई चुनावमा भाग लिन अनुमति दिने कानून पारित गर्‍यो । त्यसपछि नाशीदले माल्दिभ्समा लोकतान्त्रिक अभियान सुरु गरे । तर उनलाई पछि पुनः हिरासतमा लिइयो । सन् २००५ देखि २००६ सम्म उनी नजरबन्दमा रहे । तर सन् २००८ मा माल्दिभ्समा पहिलोपटक भएको राष्ट्रपति चुनावमा उनलाई सफलता प्राप्त भयो । उनी राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई पराजित गर्दै माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भए र माल्दिभ्सको सत्ता हात पारे ।

राष्ट्रपतिको रुपमा उनले आफ्नो देशमा जलवायु परिवर्तनको विषयमा महत्वपूर्ण कामहरु गरे । पानीमुनि मन्त्रीपरिषद बैठक बसेको उनकै पालामा हो ।

तर सन् २०१२ को जनवरीमा एक न्यायाधिसलाई गिरफ्तार गरेको घटनापछि देशमा उनीविरुद्ध आन्दोलन सुरु भयो र उनले आफ्नो पदबाट राजीनामा दिनुपर्‍यो ।

न्यायाधीशको अवैध पक्राउको अभियोगमा नाशीदमाथि मुद्दा चलाइयो ।

तथापि उनीमाथि लागेका सबै आरोपलाई सन् २०१५ को फेब्रुअरीमा खारेज गरियो । तर रहस्यमय तरिकाले त्यहीँ वर्ष नै उनलाई सोही आरोपमा पुनः दोषी प्रमाणित गरी १३ वर्षको जेल सजाय सुनाइयो । तथापि उपचार गराउन भन्दै उनी त्यहीँ डिसेम्बरमा बेलायतमा गए र राजनीतिक शरणार्थीको रुपमा बसे । सन् २०१६ मा श्रृलंका गएका नाशीद सन् २०१८ सम्म श्रृलंकामा बसे ।

सन् २०१८ को नोभेम्बरमा माल्दिभ्समा राष्ट्रपतीय चुनाव भयो र त्यसमा मोहम्मद नाशीको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीले जित हात पार्‍यो अनि इब्राहिम मोहम्म्द सोलिह राष्ट्रपति बने । सन् २०१८ को नोभेम्बरमा नाशीदको बारेमा माल्दिभ्सको उच्च अदालतले फैसला गर्दै उनीमाथिका सबै आरोप तथा सजायँ खारेज गरिदियो । त्यसपछि उनी स्वदेश फर्किए ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?