
नायिका पूजा शर्माले काठमाडौंका लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरेकी छिन् । पूजाले रिबन काटेर आजैबाट संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरिन् । उनीसँगै, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि उद्घाटन कार्यक्रममा पुगेका थिए ।
पूजाले आफू कफि लभर नभएको बताइन् । तर, साथीहरुसँग कफि सपमा पुगेर समय बिताउन भने रमाइलो लाग्ने उनको कथन थियो ।
पूजाले रक्षा बन्धनको दिनमा आफ्नो दाजुभाई नभएपनि मिस नहुने तर्क गरिन् । भनिन्–‘आफ्नै आमाको कोखबाट जन्मिएका दाजुभाई नभएपनि मैले चलचित्र क्षेत्रमा लागेर धेरै दाजुभाई बनाएकी छु । यसैले पनि मलाई आफ्नै दाजुभाई भैदिएको भए हुन्थ्यो भन्ने सोच कहिले पनि आउँदैन ।’
संगीतकार अर्जुन पोखरेलले दुर्गा खरेलका कारण आफूले पनि कफि पिउन थालेको तर्क गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4