+
+

भोलि साेमबार शेयर बजार बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते २०:२६
फाइल तस्वीरः नेप्सेको कार्यालय अगाडि सूचना हेर्दै लगानीकर्ता ।

६ भदौ, काठमाडौं । भोलि सोमबार शेयर बजार बन्द हुने भएको छ । गाइजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा बिदा दिने भएपछि नेपाल स्ट एक्सचेञ्जले पनि बजार बन्द गर्ने भएको हो ।

शेयर बजारको पहुँच काठमाडौं उपत्यकामामात्रै नभएर देशका अधिकांश जिल्लामा पुगिसकेको छ । २०६८ सालदेखि नै शेयर बजारको पहुँच काठाडौं उपत्यकाबाहिर पुगिसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

लकडाउनमा पनि बन्द नभएको शेयर बजार उपत्यका बन्द हुँदा देशभरकाले कारोबार गर्न नपाउने गरी बन्द गर्न नहुने केही लगानीकर्ताहरुको माग थियो । शेयर बजारको पहुँच उपत्यकाबाहिर भएपछि नेप्सेको कार्यालय काठमाडौं उपत्यकामा रहेकाले बन्द गर्ने निर्णय भएको प्रवक्ता पराजुलीले बताए ।

सार्वजनिक बिदाबाहेक हरेक आइतबारदेखि बिहीबारसम्म शेयर बजार खुला रहने गरेको छ ।

गत बिहीबारपछि शुक्रबार र शनिबार नियमित बिदा साथै आइतबार जनै पुर्णिमा र सोमबार गाइजात्राको बिदा पनि शेयर बजार मंगलबारमात्रै खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?