+
+

एट्लेटिको मड्रिडको लगातार दोस्रो जित, रियल बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते ९:२५

७ भदौ, काठमाडौं । साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १- ० गोलले हरायो । एट्लेटिकोको जितमा अर्जेन्टिनी स्ट्राइकर एन्जल कोरेअ नायक बने ।

एन्जलले ३९औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गोल गरेका थिए । २६ वर्षीय एन्जलले एट्लेटिकोमा सानदार प्रदर्शन गरिरहेका छन् । उनले यस अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए । लिगको पहिलो खेलका एन्जलकै दुई गोल सहयोगमा एट्लेटिकोले सेल्टाभिगोलाई २-१ ले पराजित गरेको थियो ।

एट्लेटिकोका एन्जल कोरेअ म्यान अफ दी म्याच भए ।

लगातार दोस्रो जितपछि ६ अंक बनाएको एट्लेटिको शीर्ष स्थानमा छ ।

यसैगरी अर्को खेलमा ब्राजिलका स्ट्राइकर भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड हारबाट जोगिएको छ । रियलले १० खेलाडीमा सिमित लेभान्तेसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लेभान्तेको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो ।पाँचौ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए ।

बेलले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । पहिलो हाफमा १-० गोलको अग्रता लिएको रियलले दोस्रो हाफको शुरुमै दुई गोल खायो ।

४६औं मिनेटमा रोजरले गोन्जालो मेरेलोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५७औं मिनेटमा जोसे क्याम्पानाले जर्ग डे फ्रुटोसको पासमा गोल गर्दै लिभान्तेलाई अगाडि बढाए ।

७३औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । उनले कासेमिरोको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा रोवेरले गोल गर्दै लिभान्टेलाई फेरि अग्रता दिलाए ।

त्यसपछि भिनिसियसले ८५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाइ ३-३ गोलको बराबरीमा ल्याए । भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।

८७औं मिनेटमा अइटोर रातो कार्ड पाउँदै बाहिरिएपछि लिभान्ते १० खेलाडीमा समेटिएको थियो । तर रियलले त्यसको फाइदा उठाउन सकेन । लिभान्तेका गोन्जालो मेलेरो ‘म्यान अफ दी म्याच भए । यस बराबरीसँगै चार अंक बनाएको रियल दोस्रो स्थानमा छ । लिगमा दोस्रो बराबरी खेलेको लिभान्ते दुई अंकसहित आठौं स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा रियल सोसिडाडले रायो भालेकानोलाई १-० गोलले हरायो । घरेलु मैदानमा सोसिडाडलाई जिताउन माइकल ओयरर्जाबलले निर्णायक गोल गरे ।

माइकलले ६८ओं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पहिलो जितसँगै तीन अंक बनाएको सोसिडाड सातौं स्थनमा छ । दुवै खेलमा पराजित रायो भालेकानो अन्तिममा छ । ला लिगा अन्तर्गत सोमबार राति सेभिया र गेटाफे तथा ओसासुना र सेल्टाभिगोबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?