
७ भदौ, काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।
पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।
उपत्यकाको भक्तपुरमा साँस्कृतिक विधिपूर्वक गाईजात्रा पर्व मनाइन्छ । घरघरबाट निकालिएको गाईजात्रा टोल परिक्रमा गरी एकै ठाउँमा समापनि गर्ने गरिन्छ । कोरोना महामारीका कारण हिजोआज स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ । तर प्रशासनिक नियमले यो साँस्कृतिक पर्वको रौनकलाई कम हुन दिएको छैन ।
हेर्नुहोस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4