८ भदौ, काठमाडौं । ब्राहिम डियाजको एक मात्र गोल मद्दतमा एसी मिलानले इटालियन सिरी ए मा साम्पडोरियालाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा एसी मिलानले साम्पडोरियालाई उसैको मैदानमा १-० ले हराएको हो ।
डियाजले खेलको नवौं मिनेटमै गरेको गोल निर्णायक बन्दा एसी मिलानले ३ अंक जोड्दै सुखद सुरुआत गरेको हो ।
उनले डेभिड कालाब्रियाको पासमा गोल गरे ।
प्रतिक्रिया 4