+

टोटनहममै बस्ने केनको भनाइ

२०७८ भदौ  १० गते ६:४७ २०७८ भदौ १० गते ६:४७
टोटनहममै बस्ने केनको भनाइ

१० भदौ, काठमाडौं । इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान ह्यारी केनले आफू टोटनहम हट्सपरमै बस्ने बताएका छन् ।

उनले टिमलाई सफलता दिलाउनका लागि आफू शतप्रतिशत केन्द्रित हुने जनाएका छन् ।

म्यानचेष्टर सिटी केनलाई अनुबन्ध गर्न इच्छुक थियो । केनले टोटनहम छाड्नका लागि क्लबका चियरम्यान ड्यानिएल लेभीसँग जेन्टलमेन सम्झौता गरेको बुझिएको थियो ।

तर लेभीले २८ वर्षीय स्ट्राइकरसँग यस विषयमा कुरा गर्न अस्वीकार गरे ।

केनले यस सिजनको पहिलो खेल आइतबार वल्भ्सविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

‘आइतबार स्पर्सको फ्यानबाट पाएको रिसेप्सन अनौठो थियो । र मैले यस सातामा पाएको समर्थनको सन्देश पढेँ,’ केनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘म यस समरमा टोटनहममै रहनेछु र टिमलाई सफलता दिलाउनका लागि शतप्रतिशत केन्द्रित हुनेछु ।’

टोटनहमका प्रशिक्षक नुनो इस्प्रितो सान्तोले केनको भविष्यबारे समस्या सुल्झिएपछि यो राम्रो समाचार भएको बताए ।

उनले अब यो विषय सकिएको र ह्यारी केन आफूहरुसँगै टिममा रहने बताए ।

ह्यारी केन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय