+
+

महाधिवेशनले आमनागरिकलाई जोड्ने नीति तय गर्नु पर्छ : डिला संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते ९:२९

१० भदौ काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महाधिवेशनबाट नेतृत्व चयन मात्र नभई सबै नागरिकलाई जोड्न सक्ने नीति अख्तियार गर्नुपर्ने बताएकी छन् ।

उनले पार्टीको १४औं महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक हुने भन्दै नेतृत्वसँगै आमनागरिकलाई जोड्ने नीति र एजेण्डा तय गर्नुपर्ने बताइन् ।

‘महाधिवेशन समग्र कांग्रेसको आन्तरिक जीवनसँगसँगै अहिलेको राजनीतिक परिप्रेक्ष्यमा कांग्रेसलाई अगाडि लैजाने कोशेढुंगा हो,’ उनले भनिन्, ‘महाधिवेशन सरकार र जनतालाई जोड्ने सेतु हो । कार्यकर्ता र संगठनलाई दिने सञ्जीवनी बुटी पनि हो । त्योसँगै नीति कस्तो हुने र त्यो अनुसारको नेतृत्व चयन हुनुपर्छ भन्ने आधार पनि हो । नेता र कार्यकर्ताको व्यवस्थापन र मूल्यांकन गर्ने आधार हो ।’

उनले कांग्रेस राष्ट्रिय राजनीतिको केन्द्रमा रहे पनि सरकार र पार्टीले लिने नीतिले मात्रै जनतालाई जोड्ने काम गर्ने उल्लेख गरिन् । ‘कांग्रेस राष्ट्रको मियो त बन्यो तर सबैलाई जोड्ने सक्ने गरी हामीले आफ्ना नीति कार्यक्रम बनाउन सक्यौं भने मात्रै सफल हुन्छौं । १४औं महाधिवेशन त्यतातर्फ बढ केन्द्रत हुनुपर्दछ,’ उनले थपिन्, ‘मुलुकका अहिलेका समस्या सम्बोधन गर्न सक्ने एजेण्डा कांग्रेसले बोक्नुपर्छ । तब मात्रै जनता कांग्रेसप्रति आकषिर्त हुन्छन् ।’

उनले पार्टीको विधानमा समावेशी प्रतिनिधित्वलाई समावेश गरेपनि त्यसलाई व्यवहारमा उतार्ने बेला आएको बताइन् । ‘हामी समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौं । पछाडि परेको समुदाय ‘कदमजम’ -कणर्ाली, दलित, महिला, जनजाती, मधेशी)को प्रतिनिधित्व र सहभागितालाई स्वीकार गरेका छौं,’ उनले भनिन्, ‘अब महाधिवेशनमार्फत उनीहरुका मुद्दा र सवालका साथै नेतृत्वमा पनि स्थापित गर्ने गरी हामी अगाडि बढ्नुपर्छ ।’

कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । स्थानीय तहको अधिवेशन भदौ १८ मा हुने कार्यतालिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?