+
+

मधेश भवनभित्र रुख खस्दा पर्खाल भत्कियो, विद्युत अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १२:३६

१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ ।

लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको छ ।

मन्त्री साहको निवास नजिकैको रुख खसेको हो । ‘हामी बाहिर बसिरहेका थियौं । एक्कासी भूकम्प आए झैं रुख ढल्यो’ मन्त्रीका स्वीकय सचिव नवनीत झाले भने, ‘रुखले ठूलो पिलर भएको पर्खाललाई भत्काएको छ भने विद्युतका पोल खसाएको छ ।’

झाका अनुसार झण्डै ५० फिटको रुख एक्कासी ढलेको हो । जनकपुर चुरोट कारखानाको भवनभित्र प्रदेश सरकारले मन्त्रालय बनाएको छ भने निवास पनि यहींभित्र बनाएको छ । मन्त्रालय र निवास यहीं राखिएपछि यहाँको नाम मधेश भवन राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?