+
+

च्याम्पियन्स लिग ड्र : सिटी र पीएसजी समूह चरणमै भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते २३:२७

काठमाडौं । म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग २०२१–२२ को एकै समूहमा परेका छन् ।

बिहीबार भएको समूह चरणको ड्र अनुसार साविकको उपविजेता म्यानचेष्टर सिटी र फ्रेन्च क्लब पीएसजीसँगै जर्मन क्लब आरबी लिपङिग र क्लब बर्ग समूह एमा परेका छन् ।

साविक विजेता चेल्सी समूह एच मा छ । यो समूहमा इटालियन क्लब युभेन्ट्स, रसियन क्लब जेनिथ र  स्वीडिस क्लब माल्मो छन् ।

यो सिजनको च्याम्पियन्स लिग फाइनल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा २८ मेमा हुनेछ ।

कुन क्लब कुन समूहमा ?

समूह ए : म्यानचेष्टर सिटी, पेरिस सेन्ट जर्मेन, लिपजिङ, क्लब बर्गस्

समूह बी : एथ्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

समूह सी : स्पोर्टिङ लिस्बोन, बोरुसिया डर्टमुण्ड, अयाक्स, बेसिक्टिस

समूह डी : इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेस्क, शेरिफ टिरास्पो

समूह ई : बार्यन म्युनिख, बार्सिलोना, बेन्फिाकाm, डिनामो किभ

समूह एफ : भिलारियल, म्यानचेष्टर युनाइटेड, अटलान्टा, योङ ब्वाइज

समूह जी : लिले, सेभिया, एफसी साल्जबर्ग, वल्फबर्ग

समूह एच : चेल्सी, युभेन्टस, जेनिथ सेन्ट पिटर्सबर्ग, माल्मो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?