+
+

गुल्मीमा खुकुलो बनाउँदै भदौ २० गतेसम्म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १०:३१

११ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै भदौ २० गतेसम्म थप गरिएको छ । जल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ २० गते राति १२ बजेसम्मलाई थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणमा नआएका निषेधाज्ञालाई कायमै राखिएको जिल्ला प्रशासन कर्यालय गुल्मीले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेन्टहरू टेक अवे सेवालाई प्रथामिकता दिँदै बिहान ६ बजेदेखि ५ बजेसम्म खुल्ने भएका छन् ।

यसअघि बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म मात्रै पसल व्यवसाय खोल्न पाइने निर्णय भएको थियो । निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतव्यमा पुग्ने गरी चल्न पाउने भएका छन् । अस्पताल, औषधि पसल २४ घण्टा खुला रहनेछन् ।

जिल्लामा संचालित शैलुन, ब्युटिपार्लरहरू, शैक्षिक संस्थाहरु भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभर कोरोना संक्रमण दर निरन्तर बढिरहेकाले अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ६३१ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउको संख्या ५८ हजार ११५ जना रहेका छन् ।

दोस्रो मात्राको खोप लागाउनेको संख्या ३८ हजार ५१५ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?