+
+

बेलायतले दिएको एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १४:०१

११ भदौ, काठमाडौं । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् ।

राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् । बेलायतको सहयोगले कोरोना महामारीको उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास उनको थियो ।
नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको उनले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?