+
+

निगमको जग्गा दाबीबाट ल्युब आयल पछि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १५:४६
फाइल तस्वीर

११ भदौ, काठमाडौं । झण्डै ६ करोड मूल्य बराबरको नेपाल आयल निगमको जग्गाको स्वमित्व दाबीबाट चौधरी समूह पछि हटेको छ ।

निगमको दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जको डेढ बिघा जमिनको स्वमित्व दाबी गर्दै उच्च अदालतमा दायर गरेको मुद्दा ल्युब आयलले फिर्ता लिएको निगमले जनाएको छ ।

२०५१ सालमा अर्थ मन्त्रालयले ६० प्रतिशत शेयर निगमको र ४० प्रतिशत व्यवस्थापन शेयर एबीसी समूह (अरूणकुमार चौधरी, विनोदकुमार चौधरी र विजयकुमार श्रेष्ठ) को नाममा बिक्री गरेको थियो । जग्गा दाबी गर्दै उच्च अदालत वीरगञ्जमा दायर गरेको मुद्दा ल्युब आयलले फिर्ता लिएको निगमका दुई नम्बर प्रदेश प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।

डेढ बिघा जग्गामा आफ्नो स्वमित्व दाबी गर्दै आएको ल्युब आयलले अन्तिम समयमा आफ्नो मुद्दा फिर्ता लिएको उनले बताए । ‘निगमको भण्डारण विस्तार आयोजना समेत प्रभावित गरेको ल्युब आयलले अन्तिम घडीमा मुद्दा फिर्ता लिएको छ, अहिले हामीले हाम्रो संचना निर्माण गरिरहेका छौं,’ डिपो प्रमुख यादवले भने ।

बिटुमिन र ल्युब आयल निजीकरण गर्दा ५ बिघा जमिनको स्वमित्वमा विवाद रहेपनि अन्तिम समयमा डेढ बिघा जमिनमा विवाद देखिएको निगमको भनाइ छ । झण्डै ९ महिना अघि जग्गा विवादमा उच्च अदालतमा दायर मुद्दा केही समय अघि मात्रै ल्युब आयलले फिर्ता गरेको डिपो प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?