+
+

थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १६:०७

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४५४, कास्कीमा १८१, ललितपुरमा १६९, मोरङमा ११२ र भक्तपुरमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ५५, सुनसरीमा ५४, रुपन्देहीमा ५०, काभ्रेपलाञ्चोकमा ४६, चितवनमा ४५, झापामा ३३, स्याङजामा २९, नुवाकोटमा २३, जुम्लामा २१, दोलखामा १८, बाँकेमा ११ तथा धादिङ र सिन्धुलीमा १०/१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?