
१३ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, तनहुँले बाघको अवैध छाला, खप्परसहित शरीरका अन्य अंगसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का अर्जुन श्रेष्ठ, शुक्लागण्डकी-१ का सञ्जित गुरुङ र सन्तोष गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रमुख एसपी दिनेशराज मैनालीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग चलाइएको संयुक्त अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
मैनालीका अनुसार श्रेष्ठको साथमा बाघको छाला दुई वटा र गुरुङद्वयको साथबाट बाघको शरीरको विभिन्न भागको १२२ वटा हड्डी बरामद भएको थियो ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाही लागि जिल्ला वन कार्यालय, तनहुँ बुझाइएको मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4