+
+

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

डेलिभरी निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ११:३९

१४ भदौ, काठमाडौं । डोर मिट प्रालिद्धारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम आजबाट विधिवत रुपमा सञ्चालनमा आएको छ । विगत ८ महिनादेखि नै ग्राहकको अर्डरअनुसार सामान डेलिभरी सेवा दिँदै आएपनि कम्पनीले कोरोना महामारीका कारण बल्ल आएर औपचारिक रुपमा डोरमिट डटकम सार्वजनिक गरेको हो ।

डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल सञ्चालनमा रहेका इ-कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको बताए ।

‘अहिले धेरै इकमर्स प्लेटफर्महरु छन्, तर उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन’, सापकोटाले भने, ‘त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ-कमर्स प्लेटफम चाहेका हुन भन्ने लामो अनुसन्धान र सर्वेक्षणपश्चात, उपभोक्ताकै सुझावका आधारमा डोरमिट डटकम सुरु गरेका हौँ ।’

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत सापकोटाले जानकारी दिए ।

डोरमिट डटकममा सबै ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि बिलासिताका बस्तुसम्म गरी १५ हजारभन्दा बढी सामान अर्डर गर्न सकिन्छ ।

हाल सञ्चालनमा रहेका इ-कमर्स साइटहरुले अर्डर डेलिभरी गर्न ४-५ दिन लगाउने गरेको र चर्को डेलिभरी शूल्क असुल्ने गरेकोमा डोरमिट डटकमले भने काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिइरहेको छ ।

कम्पनीले विभिन्न चाडपर्व र दिवसहरुको अवसरमा विभिन्न अफर घोषणासँगै डोरमिट डटकमबाट सामान अर्डर गर्ने ग्राहकहरुमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली ग्राहकहरुलाई विभिन्न आर्कषक उपहार समेत प्रदान गर्दै आएको छ ।

हालसम्म ३००० बढी हजार सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरुपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको कम्पनीले जानकारी दिएको छ ।
अन्य इ-कमर्स साइटभन्दा सस्तोमा र गुणस्तरीय सामान खरिदको सुविधा, छिटो र निःशुल्क डेलिभरी सेवा, सहजरुपमा सामान फिर्ताको सुविधाजस्ता कारणले गर्दा डोरमिट डटकम प्रतिको आम उपभोक्ताको आकर्षण र विश्वास बढ्दै गएको कम्पनीको भनाई छ ।

डोरमिट डटकमको सेवा विस्तारै देशैभर विस्तार गर्ने र डिजिटल नेपालको सरकारको सपनामा योग्दान पुर्याउने गरी काम गर्दै जाने कम्पनीको उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?