+
+

नक्कली कागजात पेश गरेको भन्दै एमबीबीएस र बीडीएसको आरक्षण कोटाबाट ८ जनालाई हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ११:५९

१४ भदौ, काठमाडौं । एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनाको नाम चिकित्सा शिक्षा आयोगले योग्यता क्रमबाट हटाएको छ ।

आयोगका अनुसार गलत कागजात पेश गरेको उजुरी परेका उनीहरुको कागजात पुन: छानविन गर्दा सही हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको हो ।

नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।

यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् ।

उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।

छानविनका क्रममा उनीहरुले पहिले पेश गरेको काजगात सही नभएपछि हटाएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?