+
+

गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १६:५१

१४ भदौ, काठमाडौं । गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको छ । कोरोना भाइरसको महामारीका बेला साधारण सभा बोलाइएको भन्दै कम्पनीको ७१ जना शेयरधनीले सीडीओ कार्यालयमा उजुरी गरेका छन् ।

कम्पनीले आगामी भदौ २३ गतेका लागि काठमाडौंको सोल्टिमोडस्थित एक होटलमा साधारण सभा आह्वान गरेको थियो । सभा सम्मेलन गर्न अहिले पनि नपाइने सरकारी नीति विपरीत संञ्चालकहरुले आफूखुसी निर्णय गर्न साधारण सभा बोलाइएको भन्दै शेयरधनीहरुले विरोध गरेका छन् ।

पछिल्लो समय केही सञ्चालक र केही कर्मचारीहरुले मनोमानी ढंगले कामकाज गरिरहेको समेत संस्थापकहरुको आरोप छ । संस्थाका संस्थापकहरु दिलबहादुर राना, टंकबहादुर लिम्बू, ज्ञानबहादुर लिम्बू, टिकाराम सुनुवार, कुमार राईसहित ७१ जना शेयरधनीले उजुरीमा हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् उजुरीको पूर्ण पाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?