Comments Add Comment

म्यानमारमा अझै दुई वर्ष आपतकाल रहने सेनाको घोषणा

१७ साउन, काठमाडौं । शक्ति हातमा लिएको ६ महिनापछि म्यानमारको सेनाले सन् २०२३ को अगष्टबाट आपतकालीन अवस्था हटाइने बताएको छ ।

म्यानमारले यसअघि एक वर्षसम्म मात्र आपतकाल जारी रहने बताए पनि उक्त समयसीमा लम्ब्याएको हो । टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाका प्रमुख मिन औङ हलियाङले बहुदलीय निर्वाचन गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सेनाका प्रमुखको घोषणासँगै म्यानमारमा सेनाको शासन कम्तीमा साढे दुई वर्षसम्म रहने देखिएको छ ।

सेना प्रमुख हलियाङले आफ्नो सरकार आसियानको विशेष दूतसँग काम गर्न तयार रहेको बताएका छन् । उनले आसियान क्षेत्रसँग पनि सहकार्यका लागि आफूहरु तयार रहेको उनको भनाइ थियो ।

सोमबार आसियन क्षेत्रका विदेशमन्त्रीहरुको बैठक बस्दै छ । उक्त बैठकमा म्यानमारमा सेना र प्रदर्शनकारीबीचको हिंसा कम गर्न विशेष दूत छान्ने विषयमा छलफल हुनेछ ।

गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै त्यसको विरोधमा देशभर प्रदर्शन भएको थियो । तर, सेनाले उक्त प्रदर्शनको दमन गर्दै आफ्नो सत्ता कायम राखेको छ । सेनाविरुद्धको आन्दोलनको क्रममा करिब एक हजार जनाको मृत्यु भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment