Comments Add Comment

एन्फा र चरक मेमोरियल अस्पतालबीच खेलाडीको उपचारसम्बन्धी सम्झौता

१७ साउन, कास्की । अखिल नेपाल फुटबल संघ (एन्फा) र पोखराको चरक मेमोरियल अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच आइतबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन्फाको तर्फबाट केन्द्रीय सदस्य एवं स्वास्थ्य समितिका संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गरे ।

सम्झौताअनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई सम्पूर्ण स्वास्थ्य उपचारको सुविधा अस्पतालले उपलब्ध गराउने छ । फुटसल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निःशुल्क उपचार प्रदान गर्नेछ भने औषधिमा १० प्रतिशत छुट दिने भएको छ ।

यसैगरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ । राष्ट्रिय फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टिमको सहभागिता रहने फुटसल कमिटीका प्रमुख गुरुङले जानकारी दिए । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment