Comments Add Comment

गृह मन्त्रालयको छानबिन टोली दार्चुला पुुग्यो, आजदेखि काम सुरु

२० साउन, धनगढी । भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ ।

१५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटना छानबिन गर्न गठित टोली मंगलबार जिल्ला आइपुगेको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले मंगलबार घटनाको छानबिन कसरी गर्ने ? घटनास्थलसम्म कसरी जाने ? लगायतका विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।

टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ । ‘घटनास्थलसम्म के-कसरी पुुग्न सकिन्छ भन्ने कुरा भएको छ,’ डीएसपी भट्टले अनलाइनखबरसँग भने, ‘बाटोघाटो नभएका कारण पैदल हिंडेरै भएपनि टोली त्यहाँ पुुग्छ । अनुुकूल मौसम भए हेलिकप्टरको प्रयोग गर्ने विकल्पमा पनि छलफल भएको छ ।’

दार्चुला सदरमुकामबाट पैदल हिँडेर घटनास्थल व्यास गाउँपालिका-२ को मालघाटसम्म पुुग्न दुुई दिन लाग्छ । व्यास गाउँपालिका-२ का तुुइन तरेर छोटो बाटो प्रयोग गरेर धामी भारतीय भूमि हुँदै सदरमुकाम आउने क्रममा १५ साउनमा नदीमा खसेर बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीका भनाइमा भारतीय एसएसबीले तुुइन तर्ने क्रममा रुखमा बाँधेको फलामे डोरी फुुकालिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए । घटना भएको पाँच दिन बित्दा समेत उनको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि गरेको छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment