२० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १२७९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।
यस्तै १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्तको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।
यस्तै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4