Comments Add Comment

कलैयामा भएको भदई पटेल स्मृति क्रिकेट प्रतियोगिताको उपाधि बेनौलीलाई

२० साउन, वीरगञ्ज । बेनौली क्रिकेट क्लबले बाराको कलैयामा सम्पन्न भदई पटेल स्मृति टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कलैयास्थित सिद्धेश्वर खेल मैदानमा आयोजित प्रतियोगितामा आयोजक भदई–११ लाई ८० रनले पराजित गर्दै बेनौलीले उपाधि जितेको हो ।

टस जितेर बेनौली क्रिकेट क्लबले ब्याटिङ रोजेको थियो । पूरै २० ओभर खेलेर उसले ६ विकेटको क्षतिमा १७८ रन जोड्यो । भुलाउन सहनीले नटआउट १०९ रन जोडेर टिमलाई बलियो स्कोर दिन सफल भए । आशुतोष पटेल र मुन्ना मन्सुरले २/२ र सन्तोष कार्की र जटाशंकर सर्राफले समान १/१ विकेट लिए ।

१७९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भदई–११ ले राम्रो प्रदर्शन गर्न सकेन । १७ ओभरमा ९८ रन बनाएर भदई अलआउट भयो ।

उपाधि विजेताले नगद ३० हजार ५ सय, उपविजेताले नगद २० हजार ५ सय रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

साउन ११ गतेबाट शुरु भएको प्रतियोगितामा दुई शतक प्रहार गर्न सफल बेनौली क्लबका भुलाउन सहनी म्यान अफ द सिरिज बने भने वेष्ट व्याट्स म्यान अरनिको यादव र बेष्ट बलर मुन्ना मन्सुर बन्न सफल भए । म्यान अफ दी म्याच भुलाउन सहनी, वेष्ट फिल्डर आशुतोष पटेल, वेष्ट क्याच सोनी राम र इमर्जिङ प्लेयरको उपाधि विनय पासवानलाई प्रदान गरियो ।

प्रतियोगितामा बारा र पर्साका गरी १२ वटा टिम सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment