Comments Add Comment

नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गर्दै कर्मचारीले गुहारे प्रधानमन्त्री

२१ साउन, काठमाडौं । नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सरकारले थालेको पहल खारेज गर्न माग गर्दै नेपाल वायुसेवा निगमका कर्मचारीले प्रधानमन्त्री गुहारेका छन् ।

नेपाल एयरलाइन्स भित्र सक्रिय ९ वटा ट्रेड युनियनका नेताहरुले बुधबार प्रधानमन्त्रीलाई भेट्दै निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका छन् ।

उनीहरुले महाप्रवन्धक डीम प्रसाद पौडेललाई तत्काल बर्खास्त गर्न समेत माग गरेका छन् । महाप्रवन्धकको तलव वृद्धि रोक्न र निगमको सञ्चालन समितिमा निगममा व्यवसायिक स्वार्थ बाझिने संस्थासँग आवद्ध व्यक्तिको नियुक्ति समेत खारेज हुनुपर्ने भन्दै कर्मचारी संगठनले प्रधानमन्त्रीसँग माग गरेका छन् ।

यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । तर, कर्मचारी भने ३३ दिनदेखि आन्दोलन गरिरहेका छन् । पर्यटन मन्त्रालयमा नयाँ नेतृत्व आएको छैन । कर्मचारीले महाप्रवन्धकले बनाएको वार्ता समितिसँग वार्ता गर्न मानेका छैनन् ।

उता, व्यवस्थापन भने अहिलेकै संरचना र कर्मचारीको प्रवृत्तिले नेपाल एयरलाइन्स अगाडि बढ्न नसक्ने भन्दै कम्पनी मोडलमा जानु परेको बताइरहेको छ । सोहीकारण दुबै पक्ष आफ्नो अडानमा अडिग रहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई भेटेका हुन् ।

कर्मचारीले हवाई माफियाको इरासामा नेवानिलाई कम्पनीकरण गर्न लागिएको समेत आरोप लगाएका छन् । उनीहरुले कोरोना महामारीले थलिएको भन्दै सरकारले निगमजस्ता संस्थालाई राहत प्याकेज भने दिनुपर्ने माग समेत गरेका छन् । सो प्रयोजनका लागि लगानी बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment