+
+
Shares

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, विकास बैंक १०८ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १५:३३

२१ साउन, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस अघि मंगलबार र बुधबार लगातार नेप्से परिसूचक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ । कारोबार रकम पनि बढेको छ । दिनभर भएका १ लाख ३५ हजार ४२ कारोबारबाट २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ पुगेको छ । समूहगत सबइन्डेक्सहरुमा विकास बैंक समूह भने १०८ अंक भन्दा धेरैले बढेको छ ।

बैंकिङ समूह पनि झिनो अंकले बढ्दा बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?