२१ साउन, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4