+
+
Shares

रामचन्द्र पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते ११:०२

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।

एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको जानकारी दिए । ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुन्छ,’ ती नेताले भने ।

अर्का एक जिल्ला सभापतिले भने भेला गर्ने बारे छलफल भइरहेको तर मिति र स्थान भने टुंगो नलागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?